बाजुरामा भरुवा बन्दुकसहित ४ जना पक्राउ




बाजुरा, पौष २८
बाजुरा प्रहरीले भरुवा बन्दुकसहित ४ जना पक्राउ गरेको छ । जिल्लाको बडिमालिका–३ रजालीका २ र वडा नम्बर ८ रापका २ गरी ४ जना बन्दुकसहित प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

पक्राउ पर्नेमा वडा नम्बर ३ रजालीका ४५ वर्षीय नन्द ल्वार, ४० वर्षीय वीरभाने ल्वार, वडा नम्बर ८ रापकका ३० वर्षीय बलबहादुर थापा र अन्दाजी ३२ वर्षीय डम्बर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताए।

पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News