मोरङमा दुई पुरुष मृत फेला




विराटनगर, पौष २९
मोरङको छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला परेका छन् । महानगरपालिका–१८ र सुन्दरहरैचा नगरपालिका–११ मा पुरुष मृत भेटिएका हुन् ।

भारतीय नम्बर प्लेटका ट्रक चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मदको मृत्यु भएको प्रहरीले बताएको छ । आफैंले चलाउने पीबी ०९ एक्स २९६४ नम्बरको ट्रकभित्रै उनी मृत भेटिएका हुन् । मंगलबार सह–चालक पञ्जावकै २५ वर्षीय अब्दुल लतिकसँगै सुतेका नुर नउठेपछि सह–चालकले प्रहरीलाई खबर गरेका थिए ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

मोरङको ग्रामथान गाउँपालिका–७ बाट मंगलबारदेखि हराइरहेका ३३ वर्षीय मनोज शाहको शव सुन्दरहरैचा नगरपालिका– ११ को झर्ना खोलामा भेटिएको छ । बुधबार दिउँसो सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरमा रहेको झर्ना खोलामा डुबेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनी मंगलबार दिउँसोबाट घरदेखि बेपत्ता भएका थिए ।

शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ भने घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News