परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै




काठमाडौं, माघ १
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भ्रमणका लागि आज भारत भ्रमणमा जाँदैछन्। 

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले नेपाल–भारत छैठौं संयुक्त आयोग बैठकमा भाग लिने कार्यक्रम छ ।  

उनले भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समत भेट्ने जानकारी दिइएको छ । नेपाल–भारतको सीमा विवादका विषयमा समेत कुराकानी हुने  परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना खोप भित्र्याउन बारेमा पनि परराष्ट्रमन्त्रीले छलफल गर्नेछन् । 

नेपाल–भारत व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि छलफल गर्ने तयारी छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News