आज उपत्यकाका २१ स्थानमा बिजुली काटिदै




काठमाडौं, माघ ३
  नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) काठमाडौं उपत्यकाका २१ स्थानमा बिजुली काट्दैछ। 

बुढानीलकण्ठ सबस्टेशन, महाराजगञ्ज र पुल्चोक वितरण केन्द्रबाट विद्युत प्रवाह हुने २१ ठाउँमा आज केही घण्टा बिजुली काटिने प्राधिकरणले जानकारी दिएको हो।

हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु र मित्रनगरलगायत क्षेत्रमा मर्मत कार्य गर्न विद्युत प्रवाह रोकिने र काम सकिएलगत्तै पुनस् प्रवाह गरिने प्राधिकरणले जनाएको छ।

पछिल्ला केही महिनायता प्राधिकरणले मर्मतका लागि भन्दै तारान्तार बिजुली काट्दै आएको छ। हाल भैरहेको विद्युत कटौतीलाई लोडसेडिङ भन्न नमिल्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News