ड्युटीमा खटिएका प्रहरी : जसले ढुंगा छले तर ज्यान जोगिएन



हुम्ला, माघ ३
हुम्लामा ढुंगा छल्न खोज्दा लडेर घाइते भएका प्रहरी हवल्दारको मृत्यु भएको छ । बर्दिया घर भई कर्णाली प्रदेशको हुम्लामा कार्यरत एक प्रहरीको माथिबाट आएको ढुंगा छल्न खोज्दा लडेर मृत्यु भएको हो।

हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ । 

खड्का पुस २८ गते सुरक्षा गस्तीमा गएका थिए । सो समय माथिबाट आएको ढुंगा छल्न खोज्दा भीरबाट लडेर घाइते भएका थिए । 

गम्भीर घाइते उनलाई सुरुमा उपचारका लागि गाउँपालिकामै रहेको पिप्लाङस्थित स्वास्थ्य संस्थामा लगिएको थिया । त्यहाँबाट नेपालगन्ज लगिएका खड्कालाई त्यहाँ उपचार हुन नसकेपछि  नेपाल प्रहरी अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ ।  

प्रहरी अस्पताल महाराजगन्जमै उनको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News