कोरोना प्रभावित महिलालाई राहत


 


रौतहट, माघ ३
यूएन वुमनको सहयोगमा गैरसरकारी संस्था माण्डवीले रौतहटको राजपुर नगरपालिका क्षेत्रका कोरोना प्रभावित महिलालाई राहत वितरण गरेको छ ।

कोभिड–१९ का कारण समस्यामा परेका महिला तथा विपन्न समुदायहरुलाई कृषिका माध्यमले जीविकोपार्जन गर्न सक्षम बनाउने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको माण्डलीले जनाएको छ ।

राजपुर नगरपालिकामा रहेका झन्डै २५० जना महिला र विपन्न परिवारहरुलाई राहत वितरण गरिएको माण्डवीका निर्देशक, प्रमुख अंजु झाले बताइन् ।

विपन्न परिवारको जीवनस्तर उकास्न चरणबद्धरुपमा कार्यक्रम तयार गरिएको उनले बताइन । २५० महिलालाई कृषि श्रमिक तथा महिला कृषकको रुपमा तयार पार्ने उदेश्यका साथ तत्कालका लागि राहत सामग्री प्रदान गरिएको उनको भनाइ छ ।

राहत वितरण कार्यक्रममा २५० जनालाई चामल, दाल, खाने तेल का साथै एलपीजी ग्याँस चुल्हो १ थान र ग्याँस सिलिण्डर १ थान प्रदान गरिएको थियो ।

प्रकाशित मिति: ३ माघ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्