बलिदानी दिवसमा भोलि सार्वजनिक बिदा


 



काठमाडौं, माघ ४
बलिदानी दिवसको अवसरमा भोलि (सोमबार) प्रदेश –२ मा सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सूचना जारी गर्दै भोलि बलिदानी दिवसको अवसरमा प्रदेश –२ मा सार्वजनिक बिदा दिने भएको हो।

तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ।

प्रकाशित मिति: ४ माघ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्