केयूको उपकुलपतिमा माकाजुसहित तीन जनाको नाम सिफारिस



काठमाडौं, माघ ६
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले प्रा.डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम सिफारिस गरेको छ ।

काठमाडौं विश्वविद्यालयमा दुई कार्यकाल उपकुलपति भइसकेका माकाजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुईंटेलको नाम कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरिएकाे हाे

सोमबार शिक्षा मन्त्रालयमा बसेको सर्च कमिटिको बैठकले माकाजु, थापा र लुईंटेलको नाम सिफारिस गरेको एक सदस्यले बताए ।

विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन गरेका थिए । कमिटि सदस्यमा विश्वविद्यालयका पुर्व उपकुलपति सुरेशराज शर्मा र बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगाना छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News