प्रदेश १ र बागमती प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै




काठमाडौं, माघ ७
प्रदेश १ र बागमती प्रदेशको हिउँदे अधिवेशन आजफेखि सुरु हुँदैछ ।

यी दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता भएको छ । यसबीचमा आजदेखि अधिवेशन सुरु हुन लागेको हो ।

गत पुस १० गते बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध र पुस १२ मा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले अविश्वास प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेश १ को हिउँदे अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदै छ । त्यसअघि सभामुख प्रदीपकुमार भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

कांग्रेसले अहिलेसम्म दुवै प्रदेशमा आफ्नो समर्थन अविश्वासको प्रस्तावको पक्ष वा विपक्षमा हुने भनेर औपचारिक निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News