काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा थापा नियुक्त



काठमाडौं, माघ ८
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापालाई सो पदमा नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसका आधारमा थापालाई नियुक्ति गरिएको हो ।

उपकुलपतिको दौडमा ४४ जना उम्मेदवार थिए। तीमध्ये प्राडा रामकण्ठ मकाजु, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुँइटेलको नाम समितिबाट सिफारिस भएको थियो। १० वटा विभिन्न मापदण्डका आधारमा समितिले नाम सिफारिस गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News