घट्यो सुनको मूल्य, कति छ आज ?


 



काठमाडौं, माघ ९
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार ९ सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ६० मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ९ माघ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्