अरनिको राजमार्गमा राखिएको बम डिस्पोज गरियो



काभ्रे, माघ १०
बनेपा–६ बुडोलस्थित अरनिको राजमार्ग छेउमा राखिएको प्रेसरकुकर बम डिस्पोज गरिएको छ ।

धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार शंकास्पद वस्तु फेला परेपछि केहीबेर अवरुद्ध यातायात सुरु भएको छ ।

यसैगरी बीपी राजमार्ग पर्ने रोशी–९ नार्केमा पनि सिलिन्डर विस्फोट गराइएको छ । टायर बालेर सिलिन्डर राखी पड्काइएको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले शनिबार आह्वान गरेको नेपाल बन्दको दिनमा सोही समूहको संलग्नता भएको प्रहरीको अनुमान छ । नेकपा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला लगायतका नेता कार्यकर्ता पक्राउको विरोधमा बन्द गर्ने घोषणा गरेको थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News