मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए पिकअप भ्यान



काठमाडौं, माघ १०
सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव समूह’का कार्यकर्ताले मकवानपुरमा पिकअप भ्यानमा आगजनी गरेका छन्।

मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले काठमाडौं र मकवानपुरको सिमानामा अज्ञात समूहले पिकअपमा आगजनी गरेको बताए।

मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ । आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ ।

पार्टिका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिवार सो समूहले नेपाल बन्दको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News