भीरबाट लडेर वडा सदस्यको मृत्यु




खोटाङ, माघ ११
खोटाङको साकेलामा भीरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका वडा नम्बर–२ का वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ ।

रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भीरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो । करीब ३०० मिटर तल खसेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए ।

धामीझाँक्रीको कामसमेत गर्दै आएका सदस्य फुुयाँल शनिबार साँझ धामी कामकै लागि मबु जानेक्रममा भीरबाट लडेको वडाध्यक्ष राईले जानकारी दिए ।

फुयाँल विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट वडा सदस्यमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News