आज मौसम : हिमपाताको सम्भावना




काठमाडौं, माघ १५
देशको पहाडी भू-भागका केही स्थानमा आंशिक बदली भइ तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

हाल नेपालमा भारतको राजस्थान र आसाम तथा आसपासका क्षेत्रमा बनेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का हिमापातको संभावना रहेको छ।

यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News