३ हजार बढीको परीक्षण गर्दा १५७ जनामा कोरोना संक्रमण




काठमाडौं, माघ १६
नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन हजार दुई सय २१ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७० हजार सात सय ४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ३३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६५ हजार ६ सय ९८ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई हजार २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा तीन हजार २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये एक सय ४७ जना आईसीयू र २७ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News