भनसुन बिनै हुन थाल्यो कर्मचारीको सरुवा



काठमाडौं, माघ १७
विराटनगरको भन्सार कार्यालयका नायब सुब्बा विजय गौतमले काठमाडौँमा रहेको केन्द्रीय तथ्याङ्क विभागमा सरुवा माग गर्दै एक महिनाअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिए ।

अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिएको दुई हप्तामै गौतमलाई मन्त्रालयबाट तपाईंले रोजेकै कार्यालयमा सरुवा भयो भनेर फोन आयो ।

महोत्तरी, जलेश्वरको हुलाक कार्यालयबाट निजामती किताब खानामा सरुवाका लागि निवेदन दिएका खरिदार सावित्रा अधिकारीको पनि अनलाइनबाट निवेदनदिएको केही दिनमै मन्त्रालयले सरुवा भएको जानकारी दियो । “खाली ठाउँ कहाँ छ भन्ने खोज्दै जाँदा निजामती किताब खानामा खरिदारको पद खाली भएको पाइयो । अनलाइनबाट निवेदन दिएँ । निवेदन दिएको चार दिनमै तपाईंको काम भयो भनेर मन्त्रालयबाट फोन आयो” अधिकारीले भनिन् । अनलाइन प्रणालीबाट सरुवा गर्दा बिनाभनसुन र विना झन्झट रोजेकै कार्यालयमा सरुवा भएको उनल बताइन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरु गरेको अनलाइन सरुवा प्रणाली प्रभावकारी बन्दै गएको छ । यसअघि भौतिक रूपमै उप‚िथत भएर सरुवाका लागि निवेदन दिँदा एक महिनामा तीन सयदेखि चार सय निवेदन आउने गरेकोमा अनलाइन प्रणाली लागू भएपछि आठ सय पुगेको छ । निवेदन दिएकामध्ये एक महिनामा ७२ जनाको सरुवा अनलाइन प्रणालीबाट भएको मन्त्रालयले जनाएको छ । गोरखापत्रमा खबर छपिएके छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News