मन्त्रीलाई मन्त्रालयमा भेट्नै गाह्रो, कर्मचारीले ब्रिफिङ गर्न पाएनन्



काठमाडाैँ, माघ १७
एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिनामात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालन लगायतका विषयमा निर्णय लिन सकेका छैनन् ।

उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको विषय मन्त्रिपरिषद्मा पुगिसकेको थियो । लाखौं विद्यार्थी र अभिभावकको चासो जोडिएको यो विषयमा न मन्त्रीले निर्णय लिन सकेका छन् न कुनै सकारात्मक पहल गरका छन् ।

एक उपसचिवका अनुसार मन्त्रीलाई भेट्न नपाएकै एक महिना भइसक्यो । उनले भने, ‘एक महिना भयो, अहिलेसम्म मन्त्रीज्यूलाई भेटेर आफ्नो शाखाको कामको ब्रिफिङ गर्न पनि पाइएको छैन । उहाँ मन्त्रालयमा खासै देखा पर्नुहुन्न ।’ उनी चुनावी गतिविधि र पार्टीको काममा बढी केन्द्रीत भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News