नेकपाको आधिकारिकता विवाद कानुनी प्रक्रियामा प्रवेश



काठमाडौँ, माघ २०
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकताको विवाद चरणवद्ध प्रक्रियामा प्रवेश गर्ने अवस्था देखिएको छ ।

राजनीतिकरुपमा विभाजन भए पनि प्रचण्ड र ओली दुवै पक्षले निर्वाचन आयोगमा यसअघि आधिकारिकताको दाबी गर्न नपर्ने जिकिर गर्दै आएका थिए ।

सो जिकिरलाई मध्यनजर गर्दै आयोगले पार्टी कानुनीरुपमा एक रहेको निर्णय गरेको एक सातापछि सोमबार बसेको केन्द्रीय समितिको बैठकले प्रचण्ड र माधव नेपाल पक्षले आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो ।

सो निर्णयअनुरुप आधिकारिकता दाबी गर्दै निवेदन दिएमा आधिकारिकता विवाद कानुनी प्रक्रियाअनुरुप टुंग्याउने दिशातर्फ अघि बढ्ने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनिल महर्जनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News