आज काठमाडौंका यी ठाउँमा विद्युत कटौती हुँदैछ (तालिकासहित)




काठमाडौं, फागुन १
नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत कटौती गर्दैछ ।

सडक विस्तारको काम चलिरहेको तथा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्रले जनाएको छ।

बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि दिउँसो विद्युत् कटौती गर्ने जनाएको हो ।

साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो ।

बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार आज बिहान ११ देखि दिउँसो २:३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ।

गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १:३० देखि अपरान्ह ४:३० सम्म विद्युत काटिनेछ।

कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत बन्द हुने वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News