भागीरथी हत्या प्रकरणः सुराकी नजिक पुग्न प्रहरीलाई कठिन



काठमाडौँ, फागुन १
कन्चनपुर भीमदत्त नगरपालिका–१८, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई वर्ष पुग्न लागेको छ ।

यो अवधिमा प्रहरीले निर्मला हत्या घटनाका दोषीसम्बन्धी सुराक पत्ता लगाउन सकेको छैन । दुई वर्षअघि २०७५ साल साउन १० गते बिहीबार निर्मलाको बलात्कारपछि हत्या गरिएको अव‚थामा उखुबारीमा शव फेला परेको थिया ।

निर्मला हत्या घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि विशेष प्रहरी परिचालन भइरहेकै अवस्थामा बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या भएको छ ।

माघ २२ गते बिहीबार भागरथीको बलात्कारपछि हत्या गरिएको अव‚थामा जङ्गलमा शव भेटिएको होध्र यस घटनामा संलग्न व्यक्तिका सम्बन्धमा प्रहरीले कुनै सुराकसमेत फेला पार्न सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News