श्रीमान कोठामा मृत फेला, श्रीमती बारीमा बेहोस्




उदयपुर, फागुन १
उदयपुरको त्रियुगामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको त्रियुवा नगरपालिका –११ गाईघाट शिवालय टोलमा ६६ वर्षीय वीरेन्द्र रार्इ घरभित्र नै हत्या गरिएको अवस्थामा शव फेला परेको हो । त्यस्तै रार्इकी श्रीमती बारीमा बेहोस् अवस्थामा भेटिइन् ।

घरको माथिल्लो तलाको कोठामा मृत फलो परेका राईको शरीरको विभिन्न भागमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए। यस्तै बारीमा बेहोस अवस्थामा भेटिएकी ५४ वर्षीय श्रीमती रीता राई घर नजिकैको बारीमा फेला परेको एसपी दाहालले जानकारी दिए। रीतालाई उपचारको लागि विराटनगर पठाइएको छ।

केही व्यक्तिहरुसँग रीताको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी शनिवार बिहान राईको घरमा पुगेको थियो। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News