कोरोनाविरुद्धको २० लाख डोज खोप खरिद गरिँदै



काठमाडौं, फागुन ६
नेपाल सरकारले भारतबाट २० लाख डोज कोरोनाविरुद्धको औषधि खरिद गर्ने तयारी गरेको छ । भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट उत्पादित कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप खरिद गर्ने निर्णय गरिएको हो।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त खोप खरिदका लागि अग्रिम भुक्तानी दिने निर्णय गरेको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट कम्पनीले खोपको रकम शुरुमै भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद ऐन र नियमावलीअनुसार अग्रिम भुक्तानी गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषद्मा प्रस्ताव गरेको र मन्त्रिपरिषद्ले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन मिल्ने कानुनी प्रावधान छ । तर सिरम इन्स्टिच्युटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेको थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ गरेको हो ।

मन्त्रिपरिषद्को यो निर्णयले खोप खरिद गर्ने बाटो खुलेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News