पशुपतिमा सुनको जलहरी राख्ने कार्य अन्तिम चरणमा




काठमाडौं, फागुन ९
पशुपतिनाथमा सुनको जलहरी राख्ने तयारी लगभग अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलहरीलाई विस्थापित गर्दै १ सय ८ किलो सुनको जलहरी राख्न लागिएको हो ।

जलहरी फागुन १२ गते भित्रै जडान गर्ने तयारीमा पशुपति क्षेत्र विकास कोष लागेको छ । पशुपति क्षेत्रको संरक्षण तथा विकासको जिम्मा लिएको पशुपत्ति क्षेत्रको विकास कोषले पशुपतिनाथ मन्दिरमा रहेको शिवलिङ्गमा १ सय ८ किलोको सुनको जलहरी यसै हप्ता राख्ने तयारी गरेको छ ।

८० करोड रुपैयाँको लागतमा जलहरी बन्न लागको दाबी पशुपत्ति क्षेत्र विकास कोषले गरेको भएपनि सो जलहरीका लागि डेढ अर्ब हाराहारीको खर्च लागेको बताइएको छ ।

शिवलिङ्गमाथि सुनको जलहरी राख्नै नहुने नहुने तर्कहरु पनि बाहिर नआएको होईन तर कोषले भने सुनको जलहरी लगाउने तयारी लगभग पूरा गरेको छ ।

पाटनका कालिगढहरुले अहिले जलहरी निर्माण गरिरहेका छन् । आगामी केही दिनभित्रै उपयुक्त साईत निकालेर जलहरी राखिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News