ड्युटी छाडेर ११ प्रहरी रहस्यमय रुपमा गायब, हेडक्वार्टरले थाल्यो खोजी



काठमाडौं, फागुन १०
एक महिनाको अवधिमा नेपाल प्रहरीका विभिन्न तहका ११ जना बेपत्ता भएका छन् । कुनै प्रकोप या भवितव्यमा परेर उनीहरू बेपत्ता भएका भने होइनन् । नियतवश कार्यरत कार्यालयले दिएको जिम्मेवारी छाडेर सम्पर्कबाहिर पुगेका हुन् ।

१ महिनाको बीचमा कार्यरत कार्यालयमा ११ प्रहरी अनुपस्थित भएपछि प्रहरी प्रधान काार्यलयले तिनको खोजी थालेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार, ०७७ पुस २ देखि ०७७ माघ ६ गतेसम्म विभिन्न मितिमा, विभिन्न तहका ११ प्रहरी बिना जानकारी अनुपस्थित भएका छन् । आफूखुसी कार्यालयमा गैरहाजिर उनीहरूलाई उपस्थितिका लागि पत्राचार तथा खोजतलास गर्दा नभेटिएको प्रहरी भनाइ छ ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ ९२० बमोजिम सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि प्रधान कार्यालयले हाजिर हुन आउनेबारेको सातदिने सूचना जारी गरेको छ ।

सम्पर्कमा नरहेका त्यस्ता प्रहरीले सन्तोषजनक स्पष्टीकरणसहित ७ दिनभित्र जवाफ पेस गर्न सक्नेछन् । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम ११३ ९१० को खण्ड (च) मा बिना जानकारी कार्यालयमा अनुपस्थिति प्रहरीलाई प्रक्रिया पुर्याएर सेवाबाट हटाउन सकिने प्रावधान छ ।

यी हुन् बिना जानकारी अनुपस्थित प्रहरी

बिना जानकारी अनुपस्थित हुने प्रहरीहरूमा प्रहरी हवल्दार शेरबहादुर भण्डारी, खेम कटुवाल र कुलबहादुर कुँवर छन् । बिना जानकारी कार्यालयमा अनुपस्थित हुनेमा अधिकांश प्रहरी जवान छन् । बिना जानकारी अनुपस्थित हुने प्रहरी जवानहरूमा प्रकाश केसी, विकल थापा, रनवीर बगाले मगर, अर्जुन राजी, रामकृष्ण रोकाया, सुरेशसिंह धामी, डिलकुमार बराम र नवराज मोक्तान छन् ।

नेपाल प्रहरीमा बीचमै जागिर छाड्ने प्रवृत्ति देखापर्दै आएको छ । आफ्नो र परिवारको आवश्यकता जागिरबाट पूरा हुन नसक्नु र अवकाशको अवधि लामो हुनु यसको मुख्य कारण भएको बताइन्छ । यसले देश र प्रहरी संगठनलाई नोक्सानी पुर्याउँदै आएको छ,साँघु साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News