अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्याम ५ लाख नाघ्यो, पाँच दिन शोक
एजेन्सी
अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ । हालसम्म ५ लाख ७१ हजारको ज्यान गएको अमेरिकाको सरकारी तथ्यांकले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या ५ लाख नाघेपछि सोमबार देशका नाममा सम्बोधन गरेका थिए ।
ह्वाइट हाउसमा आफ्नो भाषणको सुरूमा बाइडेनले पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा बढी मानिस कोरोनाका कारण मरेको बताए ।
संसारमा कोरोनाका कारण अमेरिकामा सबैभन्दा बढी मृत्यु भएको छ।
ह्वाइट हाउसको बाहिर कोरोनाका कारण मर्नेहरुको सम्झनामा मैनबत्ती जलाएर श्रदाञ्जली दिइएको थियो । आफ्ना जीवनसाथीसँग राष्ट्रपति र उपराष्ट्रपतिले मौन धारणसमेत गरेका थिए ।
राष्ट्रपति बाइडेनले सरकारी भवनहरूमा राष्ट्रिय झण्डालाई ५ दिनसम्म आधा झुकाउने आदेश दिए।
हालसम्म दुई करोड बढी अमेरिकीहरू कोरोना संक्रमणबाट संक्रमित छन् ।