संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला


 


काठमाडौं, फागुन ११
सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला गर्ने क्रममा संसद पुनस्थापना गरेको छ । यससँगै आगामी १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश पनि दिइएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकहरुसँग छलफल गरिसकेपछि बहुप्रतिक्षित मुद्दामा भर्खरै निर्णय सुनाएको हो ।

प्रकाशित मिति: ११ फाल्गुन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्