प्रचण्ड र माधव चितवनको कार्यक्रम छाडेर काठमाडौं आउँदै



काठमाडौं, फागुन १२
प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका दुई अध्यक्ष चितवनबाट काठमाडौँ फर्किंदै छन् ।

मंगलबार साँझ चितवन पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल भरतपुरमा आयोजित विरोध सभा छाडेर काठमाडौं आउन लागेका हुन् ।

संसद विघटन बिरूद्ध भरतपुरमा आयोजित विरोध सभालाई बिजय जुलुसमा परिणत गर्न दुवै नेताले स्थानिय पार्टी कमिटीलाई निर्देशन दिएका छन् । चितवनबाट काठमाडौं आउने बुद्ध एयरको पहिलो उडानमार्फत नेताद्वय राजधानी फर्किंदै छन् । आज मध्यान्ह काठमाडौंको शान्तिबाटिकामा आयोजित सभालाई दुवै नेताले सम्बोधन गर्दैछन् ।

यता, समुहले आफू निकट सांसदहरुलाई पनि छलफलका लागि बोलाएको छ । प्रमुख सचेतक देव गुरुङले आगामी रणनीति तय गर्नका लागि अनौपचारिक छलफलका लागि सांसदहरुलाई बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News