मेसीको दुई गोलमा बार्सिलोना विजयी


 


म्याड्रिड, फागुन १३
लियोनल मेसीले दुई गोल गर्दा स्पेनी ला लिगामा बार्सिलोनाले बुधबार एल्चेलाई ३–० ले हराएको छ ।

यससँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी पाँच अंकमा छोट्यायो ।

४८औं मिनेटमा पहिलो गोल गरेका अर्जेन्टिनी फरवार्डले ६८ औं मिनेटमा दोस्रो गोल थपे ।

७३औं मिनेटमा जोर्डी अल्बाले तेस्रो गोल गरे । यी दुई गोलसँगै मेसीले यो सिजन लिगमा गरेको गोल संख्या १८ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षस्थानमा छन् ।

प्रकाशित मिति: १३ फाल्गुन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्