पत्रकार रावललाई नियन्त्रणमा लिएर चार घण्टा यातना




सुर्खेत, फागुन १३
सुर्खेतमा कार्यरत पत्रकार रमेश रावललाई प्रहरीले बिना कारण नियन्त्रणमा लिएर चार घण्टासम्म यातना दिएको छ ।

काँक्रेविहार दैनिक, नयाँ पत्रिका दैनिक र शिलापत्र डटकममा कार्यरत पत्रकार रावल कार्यालयको काम सकेर निवास फर्किने क्रममा मङ्गलबार राति प्रहरीले बिना कारण नियन्त्रणमा लिइ यातना दिएको हो ।

गोदामलाइनस्थित काँक्रेविहार दैनिकको कार्यालयबाट काम सकेर यरिचौकस्थित निवासमा फर्किने क्रममा मङ्गलबार राति साढे १० बजेदेखि विहान दुई बजेसम्म यरिचौक प्रहरी विटमा डिउटी खटिएका सिपाहीले ‘प्रहरी विट’ भित्र थुनामा राखी कुटपिट गरेको पीडित पत्रकार रावलले बताए ।

आफूलाई थुनामा राख्नुको कारण सोध्दा–‘राति किन हिँडेको तेरो पक्राउ पुर्जी आउँदै छ भन्दै नगरप्रहरीको गाडी बोलाइयो ।’

प्रहरीले रातिमा एक्लै हिडिरहेका पत्रकार रावललाई मापसे गरेको भन्दै नियन्त्रणमा लिएको बताएको छ । यद्यपि, प्रहरीले मापसे चेकजाँच गरेको प्रमाण भने राखेको छैन जसले गर्दा प्रहरीले बिना कारण नियन्त्रणमा लिई यातना दिएको प्रष्ट हुन्छ ।

वीरेन्द्रनगरमा चोरीका घटना बढ्दै आएकोले रातिमा एक्लै हिडेको देखेपछि सोधपुछ गर्न बोलाइएको तर यातना नदिएको नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र बुढाले बताए । यद्यपि, सोधपुछ गर्न बोलाइएका रावललाई ४ घण्टासम्म प्रहरी नियन्त्रणमा लिनुले थप रहस्यमय देखिएको छ । 

पत्रकार रावलमाथि मंगलबार राती प्रहरीले गरेको दुर्व्यवहार कुटपिट घटनाप्रति नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले ध्यानाकर्षण भएको जनाएको छ । बुधबार महासंघका कर्णाली प्रदेश महासचिव दीपेन्द्र शर्माले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News