एकैदिन ४ बालिकालाई बलात्कार ! १४ वर्षीय किशोर पक्राउ




बर्दिया, फागुन १४
बर्दियामा एकैदिन ४ बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

जिल्लाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेको प्रहरीले जनाएको छ। 

ती किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५र५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ ।

आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका बालिकाहरुउलाई बलात्कार गरेका आफन्तले बताएका छन् ।

कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए । तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News