पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना


 



काठमाडौं, फागुन १६
देशका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १ का पहाडी भू(भागमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको तीन दिनको पूर्वानुमान वुलेटिनअनुसार सोमबारदेखि भने मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्