थप ५० लाख खोप किनिँदै



काठमाडाैँ, फागुन १७
सरकारले कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने खोप उपलब्ध गराइनेछ । त्यसले २० प्रतिशत जनसंख्यालाई पुग्ने जनाइएको छ ।

दोस्रो पटक कति मूल्यमा खोप खरिद गर्न लागिएको भन्ने यकिन भइसकेको छैन । ‘सेयरजस्तै उत्पादन कम्पनीले खोप मूल्य बढाउन पनि सक्छन् । तर, हामीले बजारको मूल्यभन्दा सस्तोमा पनि खरिद गर्न सक्छौँ,’ सचिव अर्यालले भने ।

यसअघि भारतको सेरम इन्स्टिच्युटसँग चार डलरका दरमा २० लाख डोज खरिद गर्ने सम्झौता भएको थियो । अग्रिम भुक्तानी गरिएको उक्त खोप १० लाख डोज मात्र ल्याइएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News