उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने


 



काठमाडौं, फागुन १७
देशका पहाडी तथा हिमाली भू-भागहरुमा आज आंशिक बदली र अन्य भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज राति  प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।  

प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्