प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी


 


काठमाडौं, फागनु १७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी विप्लब समूहसँग वार्ता गर्ने वताइरहँदा बिप्लबकै नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत उदयपुरले विप्लबका नेता तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ मालकोट घर भएका प्रकाण्ड विरुद्ध प्रहरी प्रतिवेदनको आधारमा पक्राउ पुर्जि जारी गरिएको भन्दै गोरखापत्रमा सुचना नै छापिएको छ ।

प्रकाण्ड विरुद्ध बम विष्फोट गराई ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ पुर्जि जारी गरेको हो ।

यसअघि पटक पटक पक्राउ परेका उनलाई सर्वोच्च अदालतको आदेशमा छाडिएको थियो । नेकपाका प्रभावशाली नेता मध्ये पर्ने प्रकाण्ड भूमिगत रुपमा सक्रिय छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आइतबार विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने घोषणा गरेका थिए ।

नेकपाका महासचिव विप्लवले पनि केही दिनअघि आफू वार्ताका लागि तयार भएको विज्ञप्ति निकालेका थिए ।

प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्