पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा मौसम बदली




काठमाडौं, फागुन २६
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । अपरान्हपश्चात देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राती देशका पहाडी भू–भागहरुमा आंशिक बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई अपरान्हपश्चात देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News