बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौँ, चैत्र ५
केपी शर्मा ओली पक्षीय नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उक्त बैठकमा झलनाथ खनाल र माधव नेपाल पक्षीय सांसद भने सहभागी नहुने बताइएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि एमालेभित्र विवाद झन झन बढ्दै गएको छ । ओली तथा खनाल र नेपालले आ आफ्नो भेला अलग अलग राख्दै आएका छन् । भेलामा एक अर्कामाथि आरोप प्रत्यारोप लगाउन होडबाजी नै चल्ने गरेको छ ।

खनाल र नेपाल पक्षको पनि बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News