नेकपा खारेज गर्ने फैसला पुनरवलोकनमा जाने माओवादी केन्द्रको निर्णय



काठमाडौं, १० गते
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए । पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानका अनुसार नेताहरुले पुनरवलोकनमा जाँदा के-के विषय उठाउने भनेर परामर्श गरेका थिए ।

अब छिट्टै फैसला पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने सांसद देवेन्द्र पौडेलले जानकारी दिए । नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News