सेती नदीमा पौडी खेल्नेक्रममाा डुबेर एक युवकको मृत्यु




धनगढी, चैत्र २१
सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। सेती प्राविधिक शिक्षालय दिपायलमा सबओभरसियर पहिलो वर्षमा अध्ययनरत २२ वर्षका दिपेन्द्रसिं धामीको आज दिउँसो डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज प्रहरी नायब निरीक्षक रूपसिं थापाले जानकारी दिए।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ स्थायी घर भएका मृतक धामी केही महिनादेखि प्राविधिक शिक्षालयमा अध्ययन गर्दै आइरहेका थिए। आफन्तकोमा पूजामा गएका मृतक धामी नदीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News