इन्धनको मूल्य बढ्यो, निगमलाई अझै घाटा


 



काठमाडौं, चैत्र २३
नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २र२ रुपैयाँ बढाउनुपरेको निगमले जनाएको छ ।

अब पेट्रोलको प्रतिलिटर मूल्य १२० रुपैयाँ र डिजेल मटितेलको १०३ रूपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्