भारतमा कोरोना संक्रमण ह्वात्तै, एकैदिन २ लाखभन्दा बढीमा संक्रमण




काठमाडौं, वैशाख २
भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । एकैदिन २ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा थप २ लाख ७३९ कोभिड १९ संक्रमित देखिएका छन्। भारतमा पछिल्लो एकसातायता दैनिक १ लाख भन्दा बढीमा संक्रमण देखिँदै आएको थियो।

यससँगै भारतमा १ करोड ४० लाख ७४ हजार ५६४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

संक्रमणको दरसँगै भारतमा मृत्यु दर पनि बढ्दो छ। पछिल्लो २४ घण्टामा १ हजार ३८ जनाको मृत्यु भएको छ।

हालसम्म भारतमा १ लाख ७३ हजार १२३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। बिहीबार बिहानसम्म ९३ हजार ५२८ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या १४ लाख ७१ हजार ८७७ पुगेको छ।  

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News