थप ५३४ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु




काठमाडौं, वैशाख २
नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चार हजार १५२ जनाको परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ३ हजार ५८८ जनाको पीसीआर परीक्षण गर्दा ४९० र ५६४ जनाको एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा ४४ जना गरेर कुल ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । सोही अवधिमा १५७ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News