उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु




सुर्खेत, वैशाख ५
उपचारको क्रममा सुर्खेतमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–९ की ५८ वर्षीया महिलाको मृत्यु भएको कर्णाली प्रदेश अस्पताल कोभिड उपचार केन्द्रले जनाएको छ ।

कोभिड उपचार केन्द्र आइसोलेसन वार्डमा उपचारको क्रममा आइतबार दिउँसो ती महिलाको मृत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए ।

डा. पौडेलका अनुसार ज्वरो, खोकी लागेपछि उनलाई वैशाख २ गते उपचारका लागि प्रदेश अस्पताल ल्याइएको थियो । परीक्षणका क्रममा ती महिलालाई ३ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News