भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड: एकैदिन भेटिए अहिलेसम्मकै धेरै संक्रमित




काठमाडौं, वैशाख ६
भारतमा कोरोना संक्रमणणको नयाँ रेकर्ड कायम भएको छ । एकै दिन अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् ।

आइतबार २ लाख ७१ हजार २०४ नयाँ संक्रमित भेटिएका छन् । सोही अवधिमा १५ सय ७० को मृत्यु भएको छ । यसका साथै पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार १५० मानिस निको भएका छन् ।

अघिल्लो वर्ष संक्रमण सुरु भएपछि भारतभरि कोरोनाद्वारा संक्रमित हुने बिरामीको संख्या डेढ करोड पार भएको छ । यसमा १ करोड २९ लाख ४७ हजार २९७ संक्रमित निको भइसकेका छन् ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या १९ लाख २१ हजार ७३८ छन् । भारतमा हालसम्म कोरोनाबाट १ लाख ७८ हजार ७४३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News