वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय



काठमाडौं, बैशाख ६
सरकारले कोरोनाको दोस्रो लहरको रोकथामका लागि स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड १९ रोकथामसम्बन्धी गठित सीसीएमसीले शनिबार वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्न सिफारिश गरेकोमा त्यसबारे निर्णय हुने भएको छ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु बन्दको निर्णय लिन लागेको बुझिएको हो ।

विद्यालय जाने उमेरका केटाकेटीमा समेत कोरोना संक्रमण बढेपछि सरकारले फेरि बन्दको निर्णय लिन लागेको हो । आजैबाट देशका शहरी क्षेत्रका कतिपय विद्यालय बन्द गरिएका छन् ।

सरकारले भीडभाड हुने क्षेत्रमा समेत रोकथामको उपायबारे निर्णय लिन लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News