२४ घण्टामा थप १२ सय बढीमा कोरोना संक्रमण, ८ जनाको मृत्यु




काठमाडौं, वैशाख ६
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यही अवधिमा ८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना निको भएको पनि जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २८५९०० पुगेको छ भने निको हुनेको संख्या २७५५५५ पुगेको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ७ हजार २५४ पुगेको छ । त्यस्तै, आइसीयूमा ४० जना, भेन्टिलेटरमा २४ जना र संस्थागत आइसोलेसनमा १९० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News