बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु




नेपालगञ्ज,  वैशाख ७
बाँकेको कोहलपुर नगरपालिकाका दुई कोरोना संक्रमितको उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको छ। 

कोहलपुर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताए।

३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको हो। स्वास्थ्य समस्या आएपछि सोमबार बिहान मात्र अस्पतालमा उपचारका लागि भर्ना भएकी उनको राती मात्र पिसिआर रिपोर्ट पोजिटिव आएको थियो।

त्यस्तै, स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सोमबार बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल ल्याइएका ७७ वर्षिय पुरुषको कोरोना परीक्षणका लागि स्वाब दिएर घर लगिएको थियो। उनलाई कोरोना पोजिटिव पुष्टि भएपछि उपचारका लागि अस्पताल ल्याउदै गर्दा मृत्यु भएको बताइएको छ।

योसँगै बाँकेमा ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो समय बाँकेमा तिव्ररुपमा संक्रमण बढेको छ। सोमबार मात्र बाँकेमा ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News