भारतबाट आएका युवकको मृत्यु भएपनि स्थानीयमा त्रास




डोटी, वैशाखा ७
भारतबाट आएका एक युवकको मृत्यु भएपछि डोटीको दिपायल सिलगढी नगरपालिका–१ घटालीका बासिन्दा त्रसित बनेका छन् ।

११ दिनअघि भारतबाट आएका ३४ वर्षीय हरिलाल जोशीको मंगलबार मृत्यु भएपछि स्थानीयमा त्रास पैदा भएको हो । जोशीमा सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट सुरु भएको स्थानीयले बताए । उनको मृत्यु हुनुको कारण नखुलेपनि कोरोना संक्रमणबाट मृत्यु भएको आशंकामा स्थानीय त्रसित भएका हुन् ।

मृतक हरिलालका दाजु सिताराम जोशीको शनिबार भारतमै कोरोना संक्रमणबाट मृत्यु भएको थियो । मृतकका अवस्था हेर्दा कोरोनाबाट नै मृत्यु भएको हो कि भन्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

भारतमा उनका दाजुको कोरोनाका कारण मृत्यु भएको हल्लाले शोकसँगै गाउँमा त्रास बढेको स्थानीय बताउँछन् ।

पछिल्लो समय मृत्युपछि स्वाब परीक्षण नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन रहेकाले स्वाब परीक्षण नहुने स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख तेजविक्रम शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News