भारतमा एकै दिन १७ सय बढीको मृत्यु




काठमाडौं, वैशाख ८
भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७६१ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५३० पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५९ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको तथ्यांक छ । 

भारतमा केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । कोरोना उच्च जोखिम रहेका ठाउँमा लकडाउन तथा भिडभाड नियन्त्रणका लागि कफ्र्युसमेत लगाए पनि संक्रमण र मृत्यु बढ्ने क्रम कम भएको छैन । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News