हजारौंको ज्यान लिने, सयौँ विमान हराउने बर्मुडा ट्र्यांगलको यस्तो छ रहस्य


 


एजेन्सी ।

वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लागेको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्ता घटनाहरु हेक्सागोनल बादलका कारण हुने गरेको बताएका हुन् ।

सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको हेक्सागोनल आकारका कारण विकास भएको हो ।

कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्र्ट र्यान्डी क्यारभेनीका अनुसार यो बादलले ‘एयर बम’ बनाउने गरेको छ । अर्थात, हावामा बम पड्के जस्तो क्षमता पैदा गर्दछ ।

समाचारमा जनाए अनुसार र्यान्डी क्यारभेनी यस सिद्धान्तको विकास गर्नेहरुको वैज्ञानिकको टीमका सदस्य हुन् । बर्मुडा ट्राएङ्गलमा १७० माइल करिब २७३ किलोमिटरप्रति घन्टाको दरमा गतिको हावा रहेको हुन्छ ।

यी बादल र हावा आपसमा मिलेर जब जहाज या हवाईजहाजसँग ठोक्किन्छन् तब तिनलाई तानेर समुद्रको पिँधमा र्पुयाउँछन् ।

वैज्ञानिकको दावी अनुसार बर्मुडा ट्राएङ्गलमा जम्मा हुने शक्ति समुद्रको पानीसँग ठोक्किने गरेको छ । जसबाट सुनामी भन्दा शक्तिशाली अग्लो समुद्री लहर उठ्ने गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुन्छ ।

यस क्रममा त्यस आसपास रहेका सबै बस्तु नष्ट हुन पुग्छन् । वैज्ञानिकका अनुसार बादल बर्मुडा द्वीपको दक्षिणी भागमा पैदा हुने गरेको छ । यो बादलले त्यसपछि करिब २० देखि ५५ माइलको यात्रा तय गर्छ ।

बर्मुडा ट्राएङ्गलको रहस्यबारे विश्वमा कयौं तथ्य बाहिर ल्याइएको छ । यस्तै एक सिद्धान्तमा बर्मुडा ट्राएङ्गलको शक्तिको पछाडि एलियनको हात रहेको दावी गरिएको थियो ।

पछिल्लो सय वर्षमा यसमा ७५ वटा ठूला जहाज र एक सय भन्दा साना ठूला पानीजहाज यो भित्र हराइसकेका छन् ।यसक्रममा एक हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्